मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन्। बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी बिजेता बनेकी हुन्।

यो जितसँगै सम्पदाले मेक्सिकोमा आउँदो नोभेम्बरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्।

मिस युनिभर्सको पाँचौं संस्करणमा विजेता सम्पदा घिमिरेलाई ग्लोबर ग्लामरकी नेसनल डाइरेक्टर संगीता पुरीले ताज पहिराइन्।

प्रतियोगितामा सहभागीमध्येबाट फस्ट रनरअपमा स्मृति सिंह बिजेता बनेकी छिन्।

सेकेन्ड रनरअप अक्षिता क्षेत्री र थर्ड रनरअप क्यारिन मुर्रे घोषित भएका छन्। सुजल बम फोर्थ रनरअप घोषित भइन्।