सप्तकोशी नदीमा गाँजा ओसारपसार गर्न छुट्टै डुंगा चलेको छ।

प्रहरीले २४८ केजी गाँजा लोड गरेको डुंगा पक्राउ गरेपछि गाँजा कारोबारीले जलमार्ग भएर गाँजा ओसारपसार गर्न थालेको रहस्य खुलेको हो।

जसका लागि ट्यूवमा बाँस बाँधेर त्यसमाथि गाँजा प्याक गरिएका बोरा राखिएको पाइएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलिले नदीको वहाबमा नाउ खियाउँदै गाँजा ओसारपसार गरिरहेको देखेपछि नियन्त्रणमा लिइएको हो।

सप्तकोशी नदीमा बाँस ओसारपसार गर्नेहरुले समेत त्यहाँ भित्र गाँजाका बोरा राख्ने गरेको सूचना यस अगाडी आएको थियो।

प्रहरीले पछिल्लो समय जताततै गाँजा नियन्त्रणमा लिएको छ।