एन–प्याब्सन अन्तर बिद्यालय वक्तित्वकला प्रतियोगिता पालिका छनौट कार्यक्रम सम्पन्न भएको छ । बुधबार बेलबारी–३ अवस्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।5

बलबारीका विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उदेश्य सहित आयोजित एन–प्याब्सन अन्तर बिद्यालय वक्तित्वकला प्रतियोगिताको प्रमुख अतिथिको रुपमा एन प्याब्सन मोरङका अध्यक्ष नारायण ढकालको उपस्थिति रहेको थियो । प्रतियोगिता दुई समुहमा विभाजन गरिएको थियो । कक्ष १ देखि ५ सम्म आधारभूत र ६ देखि १० कक्षासम्म माध्यमिक बिद्यालयका बिद्यार्थीहरु सहभागी रहेको कार्यक्रका सभपिति समेत रहेका एन प्याब्सन बेलबारी नगरका अध्यक्ष पर्बत खालिङ्ग राइले जानकारी दिए । उनले बेलबारी नगरपालिका भित्र एन प्याब्सनमा आबद्ध १० वटै बिद्यालय प्रतियोगितामा सहभागी बनेको बताएका छन् ।4

यस्तै कार्यक्रमका बिशिस्ट अथितिसमेत रहेका बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवती प्रसाद घिमिरेले प्रतियोगितामा विजेता भएकालाई बधाई दिँदै जित हात पार्न नसकेका सहभागीलाई हतोसाहित नहुन आग्रह गरे । उनले हार र जित भएको प्रतियोगिताको सुन्दर्ता भएको भन्दै भोलिका दिनमा थप अब्बल बन्ने आत्मबल विद्यार्थीले लिनुपर्ने बताए ।3 1

यता कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एन प्याब्सन मोरङ अध्यक्ष नारायण ढकालले एन प्याब्सन मोरङले गरेका हरेक कार्यलाई नगर प्याब्सनहरुले आत्मसात गर्दा जिल्ला प्याब्सनको औचित्य पुष्टि गर्न बल पुगेको धारणा व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वक्तित्वकला प्रतियोगिताका सहभागी विद्यार्थीहरुको क्षमता प्रतियोगिता भन्दा माथि रहेकाले निर्णय गर्न कठिन भएको बताए ।2 1

प्रतियोगिताबाट आधारभूत तर्फ   माइल्सटोन अंग्रेजी स्कुल प्रथम ,डेल्टा अंग्रेजी स्कुल दोस्रो मोरङ ज्ञानोदय अंग्रेजी स्कुल तेस्रो र गुरुकुल पाठशाला चौथौ र डेल्टा अंग्रजी स्कुल प्रथम ,मोरङ ज्ञानोदय अंग्रेजी स्कुल दोस्रो ,कसेमी मोडल अंग्रेजी स्कुल तेस्रो र गुरुकुल पाठशाला चौथो      माध्यमिक बिद्यालय तर्फबाट  ३÷३ वटा विद्यालय आगामी भाद्र २९ मा आयोजना हुने मोरङ स्तरीय एन–प्याब्सन अन्तर बिद्यालय वक्तित्वकला प्रतियोगितामा सहभागी बन्नेछन् ।  कार्यक्रममा ग्लोबल अंग्रेजी स्कुलकि   प्रधानाध्यापक सितल राय, कसेनी मोडेलका प्रधानाध्यापक इभान भट्टराई ,  लगायतको उपस्थिति रहेको थियो ।1 3