मोरङको सुन्दरहरैँचा नगरपालिका ३ मा करेन्ट लागेर ३९ वर्षीय डिल्लीबहादुर विष्टको मृत्यु भएको छ।
आज आफ्नै घरको गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।