डेंगु रोगको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्।

उनको उपचारका क्रममा विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मङ्गलवार साँझ निधन भएको हो।

परिवार श्रोतका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल पु¥याइएको उपचारका क्रममा प्लेटलेट्सको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो। उनको श्रीमती मुना र दुई छोरी सलिना र समिक्षा ढकाल रहेका छन्।