विराटनगरमा विषालु सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ। 

विराटनगर महानगरपालिका–१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

आँगनमा फुल टिप्दै गर्दा आज बिहान ४ बजेतिर सर्पले रुपादेवीलाई डसेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन्।