स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बेल्दै उनले दुई ठुला दलले त्रिभुवन विश्वविद्यालयलाई कब्जा गरेको आरोप लगाएका हुन्।
उनले भने, ‘पढेलेखेको कारणले त्रिभुवन विश्वविद्यालयको जुन दशा दुई वटा दलले गर्नुभएको छ, म आग्रह गर्न चाहन्छु दुई वटा दलले आधा आधा सम्पति बाटौँ र पार्टी अफीस बनाऔँ। आधा कांग्रेस बाटौँ आधा एमाले किनकी विद्यार्थी सबैलाई विदेश लखेटेकै हो यसै मौकामा दुई दलको सरकार छ जुन त्रिभुवन विश्वविद्यालयको ठुलो जग्गा छ त्यो आफ्नो पार्टीको नाममा दर्ता गर्नुस् ।’
साथै उनले देश जनताको नभएर दलको भएको जिकिर गरे। उनले भ्रष्टाचारको मुदा्दमा हदम्याद गरेर अहिलेको सरकारले भ्रष्टाचारीलाई चोख्याँउन खोजेको आरोप लगाए।