संसदीय सुनुवाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरुले सपथ ग्रहरण गरेका छन्। 

बिहीबार संसदीय सुनुवाईको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले) का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका थिए। 

उनीहरुले आजै कृषि समितिको हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन्। 

दुवै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुवै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।