सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारमा कारलेठक्कर दिँदा घाइते भएका ६५ वर्षीय रामप्रसाद घिमिरेको उपचारको क्रममा बुधबार राती मृत्यु भएको छ।

इटहरी-१२ स्थित रिलायन्सको गेट अगाडि भएको दुर्घटनामा साइकल यात्री घिमिरेलाई विराटनगरबाट इटहरीतर्फ आउदै गरेको प्र१-०१-००१च ७६५५ नं.को कारले ठक्कर दिएको थियो। ठक्करपछि घाइते घिमिरेलाइ कार चालक इटहरी निवासी पूर्णबहादुर कार्की आफैले विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएका थिए। 

अस्पताल पुर्याएको केहि समय पछि घिमिरेको मृत्यु भएको थियो। घटना पछि कार चालक कार्की सम्पर्कमा नआएपछि खोजी कार्य तिब्र बनाइएको इटहरी प्रहरीले जनाएको छ। घिमिरेलाइ फ्याक्ट्रीबाट बाटो काट्ने क्रममा सो कारले ठक्कर दिइएको र कार तिब्र गतिमा रहेको थियो।