भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ। 

ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकलाई टक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो। 

मृत्यु भएकी महिलाको सनाखत भएको छैन। शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ।

घटनापश्चात घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए। उनीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन काठमाडौँबाट १९५ जना थप प्र्रहरी परिचालन गरिएको छ।