मोरङको विराटनगर महानगरपालिका-१२ स्थित रहेको कञ्चनजङ्गा पार्टी प्लालेसमा “अन्तर्राष्ट्रिय युवा दिवस” को अवसरमा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।

2 2आज बिहान “समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तीकरण” भन्ने मुल नाराकासाथ नाराकासाथ नाराकासाथ General Federation Of Nepalese Trade Unions (GEFONT), Enhance skills for sustainable and rewarding employment(ENSSURE) तथा उद्योग सङ्गठन मोरङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा विराटनगर स्थित रहेका विभिन्न विद्यालयहरुबाट सहभागी १५० जना विद्यार्थीहरुलाई प्रमुख प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक तोरण परियारले लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधानको विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै उनीहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो।उक्त कार्यक्रममा(GEFONT), (ENSSURE) र उद्योग सङ्गठन मोरङका प्रतिनिधिहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।

3 1लागुऔषध दुर्व्यसनबाट व्याक्ति तथा समुदाय नै प्रभावित हुदैँ गइरहेको र लागुऔषध सेवनले अपराध जन्य गतिविधीहरु बढिरहेकोले यस्ता गतिविधिहरुलाई प्रभावकारी ढङ्गबाट निर्मुल पार्न कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ।