विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालमा विद्ययुत सर्ट भई आईसीयू कक्षबाट आइतबार दिउँसो ३ बजेतिर एक्कासि आगलागी भएको छ।

अचानक धुँवा फैलिएपछि अस्पतालमा भागाभाग भएको थियो। आईसीयूमा बिरामी नभएको र अन्य वार्डका बिरामी र कुरुवाहरू समेत सुरक्षित रहेको बताइएको छ। विराटनगर महानगरपालिकाबाट दमकल परिचालन गरि आगो नियन्त्रणमा लिईसकेको छ भने आगलागीबाट ठूलो क्षति भएको छैन।