सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउपालिका-४ का ४० वर्षीय बिष्णु राई रहेका छन्।
हिजो दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा विद्ययुत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानिय ४० वर्षीय बिष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी सके पश्चात भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनिहरुलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा बिष्णु राईको मृत्यु भएको हो।
अन्य घाईतेहरुको सोही अस्पतलामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भईरहेको छ।