झापाको हाल्दिबारीमा डेंगीको संक्रमणबाट एक जना शिक्षिकाको मृत्यु भएको छ। डेंगीको संक्रमणबाट हल्दिबारीकी ४२ वर्षिया विमला दाहाल पौडेलको मृत्यु भएको हो।
हल्दिबारी-३ मा रहको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयमा उनी विगत १३ वर्षदेखि शिक्षण पेशामा रहेकी थिइन्।
उनको उपचारको क्रममा बिर्तामोडको बिएण्डसी अस्पतालमा हिजो दिउँसो मृत्यु भएको परिवारले जनाएको छ।
उनको श्रीमान, एक छोरा र एक छोरी छन्।