उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा सबैको लागि सहज वातावरण निर्माण गर्ने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताएका छन्। 

शुक्रबार काठमाडौँमा आयोजित विश्व आदिवासी जनजाति दिवस मूल समारोहमा उनले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरुलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि अघि बढेaको बताएका हुन्। 

उनले भने, ‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरु भइरहेको छ र समाजमा उठेका असन्तुष्टिका कुराहरु छन्, त्यसलाई समाधान गर्नको लागि संविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउनको लागि यो सरकारले आफ्नो कामहरु अगाडि बढाउने छ भन्ने कुरा भन्न चाहन्छु।’ 

उनले संविधानको पालना गराउन, संविधानमा अपूरो भएका कुराहरुलाई पूरा गर्न र निश्चित विधि र प्रक्रियाबाट संविधान संशोधन गर्नको लागि वर्तमान सरकार बनेको पनि बताए। 

यसको साथै, उनले प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्ने पनि बताए।

उनले भने, ‘प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ। अधिकार दिलाउने र दिलाएको कुरालाई बिर्सिने काम गर्नु हुदैँन। नयाँ संविधान जारी भएको छ, संविधानको भावना र मर्म अनुरुप शासन व्यवस्थामा पनि पालना गर्ने र संविधानले दिएको अधिकारलाई कुन-कुन तहलाई दिने हो त्यो अनुसारको कानून बनाएर अधिकारहरु दिनुपर्छ।’