नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट हटेको छ।

गुगलको प्ले स्टोरबाट ‘ई–सेवा’ को एप  हटेपछि यसका प्रयोगकर्ताले चासो राखेका छन्। एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ। गुगल प्ले स्टोरबाट ई-सेवा एप गायब भएपनि आईओएस प्लाट फर्ममा भने यथावत छ।

‘ई-सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन। यस बारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन्।

नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा ‘ई-सेवा’ चिनिन्छ। डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो। एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले जिज्ञासा राख्दै आएका छन्।