नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो।
बिहीबारको बैठकले नेताहरूको कार्य विभाजनबारे निर्णय गर्ने बताइएको छ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ। यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन मनोहरा र बागमती नदीमा आएको बाढीले डुबानमा परेको छ।