प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी अस्पतालमा मृत भेटिएका छन्।
अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक भद्रपुर नगरपालिका-१० केन्द्र मोड निवासी २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।