कुबेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ। 

एजेन्टले कुबेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्वमन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए। 

उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भइरहेको जानकारी दिए।