वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको नाकभित्रको सानो नशा फुटेको भेटिएको छ।

आइतबार बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो।

बिरामी भएपछि अस्पताल भर्ना भएका उनको नाकको नशा टालेर अहिले अवस्था सामान्य रहेको छ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिबंश शनिबार विराटनगर आएका थिए।

विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौं फर्कने तयारीमा थिए। तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भए।

उपचारपछि आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाउजिङका निर्देशक प्रकाश मुन्दडाले बताए। हरिबंश आफैंले पनि सोमबार नाकभित्रको सानो नसा फुटेको पाइएको बताएका छन्।