नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढङ्गबाट अगाडि बढ्ने बताएका छन् । 
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरु छन् । यात्राका क्रममा विभिन्न बाधाहरु आउँन सक्छन् । तर सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढङ्गले अगाडि बढेने छ । सफल ढङ्गबाट यो अगाडि बढ्छ ।’
उनले सरकार सफल ढङ्गबाट अगाडि बढ्ने सिङ्गो देशको अपेक्षा रहेको कारण  सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए । 
उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यस कारण सफल ढङ्गबाट अगाडि बढ्ने छ भनेर सिङ्गो देश बासिले अपेक्षा राखेका छन् ।’