सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर २ जना बाल बालिकाको मृत्यु भएको छ।
हिजो दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का विष्णु परियारको ७ बर्षीया छोरी बिबिशा परियार सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो भने मोरङको सुन वर्षी नगरपालिका-७ सुकुम्वासी टोलका श्रीकुमार रिषिदेवको ९ वर्षीय छोरा अमन रिषिदेब मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।  घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।