बिपीको सम्झनामा बेलबारी १ अमना सिसौली सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल तरुण दल, जिल्ला कार्य समिति मोरङ र नेवि संघ जिल्ला समितिको संयुक्त आयोजनामा सोमबार बिहान सम्पन्न उक्त कार्यक्रममा कोसी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । बेलबारी क्षेत्रमा बढ्दो हात्ती आतंकलाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रुख कटर, अम्बा, जामुन लगायतका १ हजार बढी बिरुवा रोपिएको हो । 

7कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेवि संघ जिल्ला कार्य समिति मोरङका सभापति खेम थापाले पूर्व मुख्यमन्त्री कार्कीको जंगल जोगाउने पैदल यात्राको स्मरण गर्दै वनमा बस्ने हात्ती, बाँदर लयगतका जनावरलाई जंगलमै खेल्ने खाने व्यवस्था गर्न फलफूलका बिरुवा रोपिएको जानकारी दिए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सह सचिव सञ्जय मण्डलले ४२ औँ स्मृति दिवस मनाइरहँदा बिपी कोइरालालाई स्मरण गर्दै बिपीका उत्प्रेरण मूलक भनाइले आजका दिनमा पनि नेपाली समाजलाई मार्गदर्शन दिइरहेको बताए। उनले बिपीको समाजवाद भित्र रहेका शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा देखाइएको मार्गदर्शनमा नेपाली कांग्रस अढिक रहेको उनको भनाई छ ।

17यता कार्यक्रमको प्रमुख अतिथिका रूपमा वृक्षारोपण कार्यक्रममा सहभागी भएका पूर्व मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले आयोजना गरेका कार्यक्रमहरूमा मात्रै देश नै हरियाली हुने गरी बिरुवा रोपिए पनि त्यसलाई संरक्षण गर्न नसकिएकोमा दुख व्यक्त गरे । उनले विगतका दिनमा गरिएका वृक्षारोपण कार्यक्रम फोटो खिचाउने काममा मात्रै सीमित रहेको भन्दै अमना सिसौली सामुदायिक वनलाई आज रोपिएका बिरुवा जोगाउन तर्फ गम्भीर बन्न सुझाव दिए ,

नेपाली कांग्रेस बेलबारी कार्यसमितिको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधिहरू, डिभिजन वनका प्रतिनिधि तथा अमना सिसौलि वनका कार्यसमिति पदाधिकारी साथै स्थानीय सहित २ सय बढीको उपस्थिति रहेको थियो ।