नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनानमा दिएर छानविनमा सघाउन माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुखले कार्यालय र संसदलाई भिसा सहजीकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गरेका हुन्।
उनले भने,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन्। कन्सल्टेन्सी जस्तो नबनाईयोस्। चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानविन हुनुपर्छ।’
केही दिन अगाडि उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न लेखेकको पत्र सार्वजनिक भएको थियो।