वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ। 

बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै उनलाई नियुक्त गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

यसअघि केपी ओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामा बडाल नियुक्त भएका थिए।