चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्ना स्थल आसपास फेला पर्ने संभावना न्यून बन्दै गएको छ।

मंगलबार नवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्र्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने संभावना कम रहेको जानकारी गराएका हुन्।

हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ को अवस्था अझै अज्ञात छ। पछिल्लो समय दुर्घटना स्थलभन्दा करिब एकसय किमी तल गण्डक व्यारेजमा भेटिन थालेको छ।

‘अब पहिरो गएको क्षेत्रमा बस वा शव छैन् भन्ने अनुमान छ। जति वटा शब यहाँ भेटियो अब यतातिर भेटिने सम्भावनाहरु धेरै कम हुँदै गएको छ। पूर्व र पश्चिम नवलपरासीको बगरहरुमा फेला पर्न थालेको छ, लामिछानेसँग एक प्रहरी अधिकारीले भने।

यसको साथै, दुर्घटनामा परेकोहरुको परिवारहरु बस्न र खानाको लागि व्यवस्था चितवनको होटल व्यवसायी संघले गरेको पनि प्रहरीको भनाई छ। 

‘दुर्घटनामा परेकाहरुको परिवारहरु जिल्ला प्रहरी कार्यालयमा र जिल्ला अस्पतालमा छन्। चितवनको होटल व्यवसायी संघले पनि परिवारहरुलाई बस्न र खानाको लागि व्यवस्था गरिरहनु भएको छ,’ प्रहरी भन्यो।   

सोही क्रममा निवर्तमान गृहमन्त्री लामिछानेले पनि मौसम विज्ञान विभागले रेड अलर्टमा राखेको ठाँउमा जे भएपनि सवारी चल्न दिन नहुने सुझाव दिएका छन्। 

‘मौसम विज्ञान विभागले जोखिममा रहेका ठाँउहरुको बारेमा सूचना दिन्छ। रेड अलर्ट भएको ठाँउमा जे सुकै भएपनि चल्नै नदिने गर्नुपर्छ’, उनले भने।