काठमाडौं। कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले नयाँ सरकारमा पठाउने मन्त्रीहरुका विषयमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन्। 

आइतबार विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा उनले पछिल्लो राजनीतिक अवस्था र समूहबाट सरकारमा सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन छलफफ गरेका हुन्।  

बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, नेताहरु जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु,डा. मिनेन्द्र रिजाल, र डा.चन्द्र भण्डारीलगायतको सहभागिता थियो। 

छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए। नयाँ सत्ता समीकरण भएसँगै मन्त्रीहरू टुंगो लगाउन दौडधुप जारी रहेको छ।