उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्ने क्रममा लामिछानेले भने, ‘फाइल खोल्छु भनेको थिइस् खै फाइल खोलेको ? एक सांसदले भन्नुभएको थियो। फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल ?’
वर्तमान सरकार ढल्नुमा बच्चा–बच्चालाई जानकारी भएको लामिछानेले दाबी गरे। बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको उनको दाबी छ।