आज (बिहीबार) का लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणबस बस्न नसकेको संघीय संसद्का महासचिव पद्यम प्रसाद पाण्डेयले जनाएका छन्। 

महासचिव पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका छन्।