राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असीम शाहले काठमाडौँमा रहेको घण्टाघरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद शाहले  घण्टाघरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

यो घण्टाघर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन्। उनले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने बताए।