राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस समारोहमा सरिक भएका छन्।
काठमाडौंको टुँडिखेलमा मूल समारोह समितिले गणतन्त्र दिवस– २०८१ को अवसरमा सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेल सरिक भएका हुन्। सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारी, लब्धप्रतिष्ठत व्यक्तिहरुको सहभागिता रहेको थियो।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाहरूले विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए।