संघीय संसदमा दिउँसो १ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दुई घण्टा पछि सारिएको छ।

सरकारको अनुरोधमा सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि सारिएको उनको सचिवालयले जनाएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।