काठमाडौंको टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकीको ज्यान गएको हो। बुढाथोकी बस्ने कोठामा राति आगो लागेको थियो । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ।

आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।