कमलामाई नगरपालिका-११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दीप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। 

घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।