प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए। तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन।

आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ। तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराएका छन्।

त्यसअघि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए।

त्यसपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेको छ। प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु भने वेल घेरेर नाराबाजी गरिरहेका छन्।