भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।

राजकोटका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो। मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्।

‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ। सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको संख्यामा दमकल परिचालन गरिएको थियो। अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

आगलागिको धुवाँ पाँच किलोमिटर टाढासम्म फैलिएको थियो। आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन।