सुनसरीको बराहक्षेत्र नगरपालिका-२ करमखोला पुलस्थित सडकमा तेह्रहड्डीबाट चतरातर्फ जाँदै गरेको को.२८ प ४७५८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ सखुवागाछी बस्ने ३५ वर्षीय पुष्प बस्नेतको छोरा ७ वर्षीय अनुभब बस्नेतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पुष्प बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ।