त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेको छ। धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा सानो आकारको खाल्डो देखिएपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

पौने घण्टादेखि बन्द विमानस्थल सञ्‍चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।

थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको हो।