विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।