राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका थिए।
सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसद्मा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।