भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ। ६० जना घाइते भएका छन्।

मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रको ठाणे जिल्लास्थित औद्योगिक विकास निगम क्षेत्रको अमुदान केमिकल्सबाट आगलागी सुरु भएको थियो। आगोले वरपरका अन्य ७ फ्याक्ट्रीमा पनि क्षति पुगेको छ।

स्थानीयबासीलाई पनि आगोले क्षति पुर्याएको भन्दै त्यहाँबाट केमिकल फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने मुख्यमन्त्री सिन्धेले बताएका छन्।