प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
आजको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन्। सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन्।
आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए। कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गरेका हुन्।