झापाबाट चोरीका मोटरसाइकलसहित पाँच जना पक्राउ परेका छन्।
झापाको सुरुङ्गा क्षेत्रमा मोटरसाइकल चोरी हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा झापाको कनकाई नगरपालिका-४ का १९ वर्षीय प्रियंक कडेल, सोही ठाउँका १९ वर्षीय कृष्ण घिमिरे।
१९ वर्षकै नवीन बस्नेत, १९ वर्षकै दीपक भुजेल र कनकाई-३ का १९ वर्षीय सम्रिक चुडाल छन्।
उनीहरुबाट प्रहरीले चोरीका दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ।
उक्त मोटरसाइकल पाँचथरबाट चोरी गरेको पाइएपछि कारबाहीका लागि उनीहरुलाई पाँचथर पठाइएको झापा प्रहरीले जनाएको छ।