मोरङको बेलबारीमा करेन्ट लागेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका ९ बैराखोनीका ३७ वर्षीय अनिल शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो। घर नजिकै रहेको कुखुरा फार्मभित्र पंखा जोड्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।