मोरङको बिराटनगर महानगरपालिका-१९ का ३० बर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ।

आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि कोशि अस्पताल बिराटनगर लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ।