भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ। राज्यको मालदा जिल्लामा बिहीबार अलग अलग स्थानमा चट्याङ्गका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ।
चट्याङ्ग लागेर कयौँ घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। घाइतेमध्ये केहीको हालत गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा २ जना नाबालिग पनि रहेको बताइएको छ। मृत्यु हुनेमध्ये अधिकांश खेतमा काम गरिरहेका, बगैँचामा आँप टिप्न गएका र बगैँचाका गार्ड रहेका छन्।