झापाको कन्काई नगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जना महिलाको मृत्यु भएको छ।

आइतबार बेलुका साढे ६ बजे आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी २३ वर्षीया मिनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

घटना बारे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।