मोरङको जहदा गाउँपालिका-३ हातिबन्दाबाट २ सय १८ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले स्थानीय ३४ वर्षीय भगवान किस्कुलाई गएराति पक्राउ गरेको हो।

उक्त स्थानस्थित मकैबारीमा गाँजा लुकाइराखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको हो।