बेलबारी : मोरङको बेलबारी नगरपालिका १ स्थित नक्सलबारीमा गैरसरकारी संस्था जेसिसले बनाइदिएको घरमा बस्ने ज्येष्ठ नागरिक तथा बालकलाई सोही संस्थाले सहयोग गरेको छ।

बेलबारी जेसिस वर्ष २०२० का अध्यक्ष राजेश खत्रीको पालामा बनेको घरमा बस्ने ज्येष्ठ नागरिक दम्पतीलाई संस्थाले खाद्यान्न सहयोग गरेको हो। यसैगरी, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापाको पालामा बनेको घरमा बस्दै आएका बालकलाई विद्यालय पोसाक तथा खाद्यान्न सहयोग गरिएको संस्थाले जनाएको छ। संस्थाका वर्तमान अध्यक्ष प्रशान्त निरौलाको जन्मदिनका अवसरमा हिजो बुधबार दुबै परिवारलाई सहयोग गरिएको संस्थाले उल्लेख गरेको छ।

441494677_3868564620133988_2462966913897849705_nसहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधवराज थापा, वर्ष २०२० का अध्यक्ष राजेश खत्री, वर्ष २०२२ का अध्यक्ष नवराज सुवेदी, वर्ष २०२३ का अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (विपिन) लगायतको उपस्थिति रहेको थियो।

441497215_3868564683467315_3131899008779592336_n