सुर्खेत — विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन्। 

बराहताल गाउँपालिका–८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो। विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीका अनुसार उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको हो।